काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा ३.२७ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार सोमबार साँझ ५ बजे सम्ममा २ लाख ७४ हजार ५४१ जना आवेदकबाट एक अर्व रूपैयाँ भन्दा बढीको शेयर माग भएको हो ।
शुक्रबारदेखि बिक्रीमा ल्याएको आइपीओमा २ लाख ७४ हजार ५४१ जना आवेदकबाट १ अर्ब ३ करोड ४८ लाख ६५० हजार रुपैयाँ बराबरको एक करोड ३ लाख ४८ हजार ६५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ३१ लाख ६० हजार १८३ कित्ताको ३.२७ गुणा बढी हुन आउँछ ।
कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको हो ।
कम्पनीको शयेरमा साउन २१ गते भित्र न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका अलावा मेरोशेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ।