Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्सेमा सूचीकृत १५ ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम

नेप्सेमा सूचीकृत १५ ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम

दैनिकी न्यूज

१८, श्रावण २०७७
नेप्सेमा सूचीकृत १५ ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका ३३ ओटा जलविद्युत् कम्पनीमध्ये १५ ओटा जलविद्युत कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम रहेको छ ।

पछिल्लो समयमा लगानीकर्ताहरुको रोजाइमा नपरेकाले पनि जलविद्युत् कम्पनीको शेयरमा मूल्यमा कमि आएको हो । १५ ओटा कम्पनीमध्ये सबैभन्दा कम शेयरमूल्य खानी खोला हाइड्रोपावर कम्पनीको रहेको छ ।

गत हप्ता धेरै जसो जलविद्युत् कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सबैभन्दा बढी बिहीवार खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता रू. ५५ मा पुगेको छ ।

यसरी हेर्दा लगानीकर्ताहरुले कम मूल्य भएका कम्पनीको शेयर मूल्य बढेको बजारमा अल्पकालिन रुपमा लगानी गरी निश्चित प्रतिफल पाएपछि विक्री गर्ने गरेको पाइन्छ ।

नेप्सेमा सूचीकृत ३१ओटा जलविद्युत् कम्पनीमध्ये १५ ओटा कम्पनी बाहेक बाँकी कम्पनीको शेयर मूल्य रू। १०० भन्दा बढी रहेको छ । सबैभन्दा बढी शेयर मूल्य भएको जलविद्युत् कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीको रहेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। ३९५ रहेको छ ।

पछिल्लो समयमा प्राथमिक बजारमा पनि जलविद्युत् कम्पनीको शेयर विक्री हुन छाडेको छ । माउण्टेन इनर्जी कम्पनीले निष्कासन गरेको आईपीओमा आवेदन दिने लगानीकर्ता नभएपछि बारम्बार स्थगित हुँदै आएको छ भने लिवर्टी इनर्जी कम्पनीको आईपीओमा लगानीकर्ताको आर्कषणनै कम देखिन्छ ।

नियामक निकायको अभाव र हाइड्रोपावर कम्पनीको भित्रको आर्थिक सुशासन राम्रो नहुँदा यो क्षेत्रमा लगानीकर्ताहरुको आर्कषण कम भएको देखिन्छ । आर्थिक अभियानमा लक्ष्मी शर्माले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - ०७:३९:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology