Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कांग्रेसका ९ भ्रातृ संघको म्याद छ महिना थप

कांग्रेसका ९ भ्रातृ संघको म्याद छ महिना थप

दैनिकी न्यूज

१७, श्रावण २०७७
कांग्रेसका ९ भ्रातृ संघको म्याद छ महिना थप
images

काठमाडौं । नेपाली कांग्रेसले पदावधि समाप्त भएका पार्टीका नौ भ्रातृ संघको म्याद ६ महिनाका लागि थप गरेको छ ।

कांग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका मितिबाट छ महिनाका लागि भ्रातृ संघहरुको म्याद शुक्रबार थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो । रासस

images
प्रकाशित मिति :श्रावण १७, २०७७ शनिवार - ०८:१३:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology