काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले शुक्रबारदेखि बिक्रीमा ल्याइएको आइपीओमा पहिलो दिन ७५ प्रतिशतभन्दा बढी शेयर खरिदको लागि आवेदन परेको छ।
कम्पनीको आईपीओमा पहिलो दिन २३ लाख ८१ हजार ३८० कित्ताको लागि आवेदन परेको छ । ५० हजार १७३ आवेदकहरुबाट उक्त कित्ता आईपीओ खरिदका लागि आवेदन परेको विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको हो ।
कम्पनीले साउन १६ गते शुक्रवारदेखि ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।
सर्वसाधारणका लागि छुट्याएको कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्य १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।
विक्रीका लागि छिटो अवधि साउन २१ गते र ढिलो अवधि भदौ ५ गतेसम्मका लागि तोकिएको यो आईपीओ खरिद गर्न चाहनेहरुले न्यूनतम १० कित्ता र अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका बाहेक मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ।