काठमाडौँ। केहि दिन यता सुनको मूल्यले दैनिक नया कीर्तिमान राख्दै आएको छ। यसै क्रममा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राख्दै एक लाख रुपैयाँ नजिक पुगेको छ । छापावाल सुनको मूल्य शुक्रबार ३ सय बढेर प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार चाँदीको मुल्य भने घटेको छ ।शुक्रबार बिहीबारभन्दा २५ रुपैयाँले घटेर चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।