Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शेयर बजारमा पहिरो, ५ कम्पनीका लगानीकर्ताहरु भए मालामाल

शेयर बजारमा पहिरो, ५ कम्पनीका लगानीकर्ताहरु भए मालामाल

दैनिकी न्यूज

१४, श्रावण २०७७
शेयर बजारमा पहिरो, ५ कम्पनीका लगानीकर्ताहरु भए मालामाल
images

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.३६ अंकले घटेको छ । आज २३.३६ अंकले परिसूचक घटेर नेप्से १ हजार ४३१.५२ विन्दुमा आएर कारोबार बन्द भएको छ ।

१८७ ओटा कम्पनीको २४ हजार २२४ वटा कारोबारमा १ अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ रुपैयाँ बराबरको ३८ लाख ३९ हजार ६७१ कित्ता शेयर कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ५.१८ अंकले घटेर ३००.४९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज कारोबारमा आएका १२ वटै उसमूहको शेयरमूल्यमा गिरावट आएको छ । आज बैकिङ समूह २१.७६ अंक, व्यापार ११.२४ अंक, होटल्स ५९.५ अंक, विकास बैंक २१.५५ अंक, जलविद्यूत समूह २.२४ अंक, वित्त समूह ६.४२ अंक, निर्जिवन विमा समूह १५९.८७ अंक, उत्पादन समूह ४९.७ अंक, अन्य समूह १.८८ अंक, लघुवित्त समूह ५५.६९ अंक, जीवन विमा समूह १९०.८२ अंक र म्युचल फण्ड समूह ०.१६ अंकले गिरावट आएको छ ।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ, जसको यस दिन १५ करोड ७१ लाख १०५ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीको १० करोड ८१ लाख ३३ हजार ५०० रुपैयाँ, एनआईसी एशिया बैंकको ८ करोड ८८ लाख २४ हजार १४२ रुपैयाँ, नेपाल टेलिकमको ८ करोड ८७ लख ५२ हजार २१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सर्वाधिक कमाउने कम्पनी
आज ५ वटा कम्पनीको शेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ । युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयर मुल्यमा १० प्रतिशत, मिर्मिरे लघुवित्तको ९.९५ प्रतिशत, चौतारी लघुवित्तको ९.८० प्रतिशत, घलेम्दी हाइड्रोको ९.४३ प्रतिशतले बढेको छ ।

सर्वाधिक गुमाउने कम्पनी
आज जनउत्थान लघुवित्तको शेयर मूल्यमा धेरै गिरावट आएको छ, जसको शेयर मूल्य ९.४५ प्रतिशतले घटेको छ । त्यस्तै ग्लोबल आईएमई लघुवित्तको ७.४० प्रतिशत, मिथिला लघुवित्तको ७.२२ प्रतिशत, स्पर्श लघुवित्तको ६.९८ प्रतिशतले शेयर मूल्यमा गिरावट आएको छ ।


images
प्रकाशित मिति :श्रावण १४, २०७७ बुधवार - १५:२३:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology