Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोह्र सुरक्षाकर्मी, एक एम्बुलेन्स चालकसहित २५ जनामा सङ्क्रमण

सोह्र सुरक्षाकर्मी, एक एम्बुलेन्स चालकसहित २५ जनामा सङ्क्रमण

दैनिकी न्यूज

१४, श्रावण २०७७
सोह्र सुरक्षाकर्मी, एक एम्बुलेन्स चालकसहित २५ जनामा सङ्क्रमण
images

स्याङ्जा । कोरोना भाइरसको सङ्क्रमण सामान्य बन्दै जाँदा समुदायमा थपिनेको सङ्ख्या बढेको छ । मङ्गलबार स्याङ्जाका थप २५ जनामा सङ्क्रमण थपिँदा १९ जना समुदायका रहेका छन् । थप सङ्क्रमितमा दुई महिलासहित १६ जना जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मी रहेका छन् भने एक जना २८ महिनाको सुरक्षाकर्मीको बच्चा सङ्क्रमित बनेको छ ।

यस्तै, प्रहरी कार्यालयका हिरासतको एक जना रहेका छन् भने दुई जना पुतलीबजारको क्वारेन्टाइनमा बसेका रहेका छन् ।

अर्जुन चौपारीमा चार जना सङ्क्रमित हुँदा एक जना एम्बुलेन्स चालक रहेका छन् भने तीन जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेको जिल्ला स्वाास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।

एक जना वालिङ नगरपालिकाका भारतबाट आएर क्वारेन्टाइनमा बसका युवा रहेका छन् । थप सङ्क्रमित भेटिएसँगै स्याङ्जामा २४३ जना सङ्क्रमितको सङ्ख्या पुगेको छ भने सुरक्षाकर्मी मात्र ३७ जना रहेका छन् । यहाँ सङक्रमितमध्ये १८८ जना निको भएर घर फर्के ।

images
प्रकाशित मिति :श्रावण १४, २०७७ बुधवार - ०६:२६:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology