Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकामा थप ५३ जनासहित ३११ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थप ५३ जनासहित ३११ जना कोरोना संक्रमित

दैनिकी न्यूज

१३, श्रावण २०७७
काठमाडौं उपत्यकामा थप ५३ जनासहित ३११ जना कोरोना संक्रमित
images

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

काठमाडौंका ४८ जना र ललितपुरका ४ जना र भक्तपुरका १ गरी उपत्यकाका ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै मंगलबार थप ३११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १९ हजार ०६३ पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२१ जना डिस्चार्ज भएका छन् । योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार ८७५ पुगेको छ। क्वारेन्टाइनमा रहनेको संख्या १५ हजर ३३१ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार १ सय २९ जनाको उपचार भइराखेको छ ।

कोरोनाले ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - १८:३१:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology