Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अजोड इन्योरेन्स कम्पनीको शेयर नेप्सेमा सूचिकृत, ओपनिरङ रेन्ज कति ?

अजोड इन्योरेन्स कम्पनीको शेयर नेप्सेमा सूचिकृत, ओपनिरङ रेन्ज कति ?

दैनिकी न्यूज

१२, श्रावण २०७७
अजोड इन्योरेन्स कम्पनीको शेयर नेप्सेमा सूचिकृत, ओपनिरङ रेन्ज कति ?
images

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले निस्काशन गरेको १ अर्ब रुपैयाँ साधारण शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।

असारको पहिलो साताबाट आईपिओ निष्काशन गरेको अजोड इन्स्योरेन्सले आईपिओ प्रक्रिया पूरा गरी नेप्सेमा सूचिकृत गरेको हो ।

कम्पनीमा कूल ७० करोड संस्थापक शेयर ३० करोड रुपैयाँको साधारण शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । अव उक्त कम्पनीको  शेयर कारोबार ‘एआईएल’ संकेतबाट हुनेछ । नेप्सेमा सूचिकृत भएको शेयर भोलि (मंगलबार) बाट नेप्सेमा कारोबार हुने अजोड इन्स्योरेन्सले जनाएको छ ।

अजोडको शेयर न्यूनतम ९७ रुपैयाँदेखि अधिकतम २९१ रुपैयाँसम्म कारोबार हुने जनाइएको छ । नेप्सेले सूचीकृत कम्पनीको पहिलो कारोबार( प्रि–ओपनिङ रेञ्ज) को लागि नेटवर्थको तिन गुणा बढी मूल्य तोक्ने गर्दछ ।

images
प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - १५:३४:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology