Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लाईसेन्स बनाईदिने भनी रकम माग गर्ने पक्राउ

लाईसेन्स बनाईदिने भनी रकम माग गर्ने पक्राउ

दैनिकी न्यूज

१२, श्रावण २०७७
लाईसेन्स बनाईदिने भनी रकम माग गर्ने पक्राउ
images

काठमाडौं । लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने भक्तपुर मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने मुगु खत्याड गाउँपालिका–८ घर भएका २५ वर्षीय प्रेम राज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रगिरी नगरपालिका–३ थानकोट खरिबोटमा लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम मागिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - १३:४६:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology