काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २२.४० अंक बढेर एक हजार ४६५.११ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.५९ अंकले बढेको छ।
आज नेप्सेमा रहेका १२ उपसमूहमध्ये १० वटामा बढ्यो भने बाँकी २ वटामा गिरावट आएको छ । आज निर्जीवन बीमा समूह २४१.१२ अंक, जीवन विमा समूह ३३४.३२ अंक, बैंकिङ समूह १६.२७ अंक, व्यापार समूह ८.५१ अंक, होटेल्स् समूह २२.९३ अंक, विकास बैंक समूह १०.८४ अंक, वित्त समूहमा ३.८५ अंक, उत्पादन तथा प्रशोधन समूह २०.३३ अंक, अन्य समूह ११.२८ अंक र लघुवित्त समूह २७.२७ अंकले बढेको छ । उता जलविद्युत् समूह २.१२ अंक र म्युचुअल फन्ड समूह ०.०१ अंकले गिरावट आएको छ ।
आज नेप्सेमा सूचीकृतमध्ये १९० कम्पनीका ४४ लाख ५८ हजार १५३ कित्ता सेयर १ अर्ब ९२ करोड ५१ लाख ७ हजार ३३० रुपैयाँमा कारोबार भयो। यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी २५ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भयो। यसैगरी पुनर्बीमा कम्पनीको १९ करोड ९० लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ८ करोड ५६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ८ करोड ५० लाख रुपैयाँ, एनएमबी बैंकको ६ करोड ६३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ३५ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको ६ करोड २८ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ९८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ४ करोड ८५ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको ३ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भयो।
आज मिर्मिरे लघुवित्तका सेयरधनीहरुले उच्च कमाए। यो कम्पनीको सेयरमूल्यमा ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै तारागाउँ रिजेन्स होटेलको सेयरमूल्य ९ प्रतिशत बढी तथा जोशी हाइड्रोपावर र सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य साढे ८ प्रतिशतको हाराहारीमा बढेको छ ।
आज बेस्ट फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ । नेशनल हाइड्रोपावर र सनराइज फस्टको इकाईमूल्य २ प्रतिशतले घटेको छ। समृद्धि फाइनान्स, रसुवागढी हाइड्रोपावर, एभरेष्ट बैंकको कन्भर्टिबेल प्रिफरेन्स शेयर, ङादी ग्रुप पावर, माउन्टेन हाइड्रोपावर, सोल्टी होटल र हिमालयन उर्जा विकास कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले पनि २ प्रतिशत बढीले आजको बजारबाट गुमाएका छन्।