Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौंमा थप ८ सहित १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौंमा थप ८ सहित १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

दैनिकी न्यूज

११, श्रावण २०७७
काठमाडौंमा थप ८ सहित १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
images

काठमाडौं । आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३१३ पुगेको छ ।

आज थपिएका संक्रमितहरुमा दैलेखका २५, काठमाडौंका ८, झापाका १, मोरङका ३, इलामका ८, सिरहाका १, सुनसरीका २, उदयपुरका १, तेह्रथुमका १, मोरङका २३, धनकुटाका १, महोत्तरीका २, पर्साका ४, दाङका १, नुवाकोटका १, सोलुखुम्बुका २, नवलपरासी पूर्वका २, मकवानपुरका १, रौतहटका १, बाराका १, कास्कीका ३ जनमा देखिएको छ ।

त्यस्तै गोरखाका २, रुपन्देहीका १, अर्घाखाँचीका १, बाँकेका २, बर्दियाका ६, जुम्लाका १, रोल्पाका ३, सुर्खेतका ३, अछामका १४, बाजुराका ३ र कञ्‍चपुरका ३ जना रहेका छन् ।

क्वारेन्टाइनमा रहनेको संख्या १७ हजार ९०३ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ४ सय ४० जनाको उपचार भइराखेको छ

हालसम्म १३ हजार १२८ जना उपचार पश्चात निको भएका छन् । संक्रमितमध्ये ४५ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :श्रावण ११, २०७७ आइतवार - १७:२९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology