Logo

सोमवार, श्रावण २५ गते २०८३

images

८१ लाख मूल्य बराबरको अवैध सामान बरामद

८१ लाख मूल्य बराबरको अवैध सामान बरामद

दैनिकी न्यूज

१०, श्रावण २०७७
८१ लाख मूल्य बराबरको अवैध सामान बरामद
images

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले विगत एक महिनामा रु ८१ लाख बराबरको अवैध सामान र सवारी साधन बरामद गरेको छ ।

सो अवधिमा मरिच, लत्ताकपडा, भारतीय रकम, खैनी, मटर, चना, सुपारी, टिभि, यूरिया मल, घरेलु मदिरा गरी रु २९ लाख ८० हजार ८६० मूल्य बराबरको सामान अवैधरुपमा भारततर्फ पैठारी एवं निकासीका क्रममा पक्राउ गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तै अवैध रुपमा चोरी निकासी एवं पैठारीमा प्रयोग गरिएको रु ५१ लाख ३१ हजार ४८० मूल्य बराबरको ३० विभिन्न सवारी साधन पक्राउ गरिएको छ ।

कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काले जिल्लाका विभिन्न प्रहरी कार्यालयले एक महिनाको अवधिमा भारततर्फ चोरी निकासी गर्ने क्रममा विभिन्न सामग्री, सवारी साधन तथा अवैध घरेलु मदिरा पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानी र आन्तरिक राजश्व कार्यालयमा वुझाएको जानकारी दिए । सोही क्रममा ३६ व्यक्तिलाई पक्राउ गरिएको प्रमुख खड्काले बताए ।

यस्तै प्रहरीले विगत एक महिनाको अवधिमा चोरी एवं हराएका २८ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

कार्यालयले हराएका एवं चोरी भएका मोबाइल पत्ता लगाउन पाँच जनाको एक टोली परिचालन गरेको कार्यालयले जनाएको छ । रासस

images
प्रकाशित मिति :श्रावण १०, २०७७ शनिवार - १२:१७:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology