Logo

आइतवार, श्रावण २४ गते २०८३

images

चालू आर्थिक वर्षको पहिलो साता नेप्सेमा १ करोड ५७ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत

चालू आर्थिक वर्षको पहिलो साता नेप्सेमा १ करोड ५७ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत

दैनिकी न्यूज

१०, श्रावण २०७७
चालू आर्थिक वर्षको पहिलो साता नेप्सेमा १ करोड ५७ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत
images

काठमाडौं । चालू आर्थिक वर्षको शुरुवातको सात दिन भित्रमा धितोपत्रको दोस्रो बजारमा १ करोड ५७ लाख ६ हजार ७१६ दशमलव ५० कित्ता शेयर सूचीकृत भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट बोनस शेयर वितरण गर्ने घोषणा गरेका विभिन्न कम्पनीहरुले यतिवेला आएर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा धमाधम सूचीकृत गराउन थालेका छन् ।

यो साता १३ ओटा कम्पनीको शेयर सूचीकृत भएकोमा मिर्मिरे लघुवित्त र तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्राप्ति पश्चातको शेयर र नबिल बैंकको ऋणपत्र बाहेक अन्य १० ओटा कम्पनीको बोनस शेयर रहेको छ ।

मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गरेपश्चात कायम भएको ८६ हजार ९४० कित्ता शेयर र तिनाउ मिसन डेभलपमेण्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ति पश्चात कायम ५३ लाख १६ हजार ५८९ कित्ता शेयर सूचीकृत गराएको हो ।

यो साता नविल बैंकको ऋणपत्र पनि सूचीकृत भएको छ । बैंकले २० लाख कित्ता ऋणपत्र कारोबारका लागि सूचीकृत गराएको हो । नविलले गत चैत २ गतेदेखि चैत १६ गतेसम्म उक्त ऋणपत्र सर्वसाधारणलाई विक्री गरेको थियो ।

वार्षिक १० प्रतिशत ब्याजदरको नबिल डिबेञ्चर– २०८२ लाई बैंकले कारोबार गर्ने गरि सूचीकृत गराएको हो ।

यो वाहेक अरुणभ्याली हाइड्रोपावर, चौतारी लघुवित्त, आरम्भ लघुवित्त, किसान माइक्रोफाइनान्स, देवः विकास बैंक, साना किसान लघुवित्त, समता लघुवित्त, डिप्रोक्स लघुवित्त र स्पर्श लघुवित्तले बोनस शेयर सूचीकृत गराएका छन् ।

सूचीकृत भएका ती कम्पनीका शेयर हितग्राही खातामा जम्मा भएपश्चात मात्र शेयरधनीले कारोबार गर्न सक्नेछन् । आर्थिक अभियानमा खबर छ ।

images
प्रकाशित मिति :श्रावण १०, २०७७ शनिवार - ०७:०७:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology