काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ९८७ जनामा पिसीआर परीक्षणमा १३३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएको हो ।
आज काठमाडौंका १० जना कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार शुक्रबार देशभर १९ हजार ७४४ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ५ हजार ३८३ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
आज १०७ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
आज पर्सा जिल्ला, वीरगन्ज महानगर वडा नं. ११ श्रीपुरका ८५ वर्षकी महिलाको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।