Logo

सोमवार, श्रावण २५ गते २०८३

images

स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ

दैनिकी न्यूज

८, श्रावण २०७७
स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ
images

काठमाडौं । शशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख रुपैयाँसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ।

सीमा सुरक्षा बल लगदी गदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए।

भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शंका लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए। पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएको छ । रासस

images
प्रकाशित मिति :श्रावण ८, २०७७ बिहिवार - ११:५२:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology