Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सातदोबाटो वृत्तको थुनुवामा पनि देखियो कोरोना

सातदोबाटो वृत्तको थुनुवामा पनि देखियो कोरोना

दैनिकी न्यूज

७, श्रावण २०७७
सातदोबाटो वृत्तको थुनुवामा पनि देखियो कोरोना
images

ललितपुर । महानगरीय प्रहरी वृत्त सातदोबाटोका एक थुनुवामा कोरोना पोजिटिभ देखिएको छ । गतअसार १९ गते काठमाडौं जिल्ला कागेश्वरी नगरपालिका वडा नं. ५ घर भएका ६७ वर्षिय पुरुषलाई बहुविवाह मुद्धामा महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको थियो ।

६७ वर्षिय थुनुवाको स्वाब संकलन गरी पाटन हस्पिटल पठाई चेकजाँज गराउदा कोरोना पोजिटिभ आएको महानगरीय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता डीएसपी सन्तोष तामाङले बताए । जिल्ला अदालत ललितपुरबाट म्याद थप भई अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । 

images
प्रकाशित मिति :श्रावण ७, २०७७ बुधवार - १५:४४:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology