काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.९९ अंकले घटेको छ । आज नेप्से १४.९९ अंकले परिसूचक घटेर १ हजार ४४९.९४ विन्दुमा आएर बन्द भएको छ ।
१८५ ओटा कम्पनीको २६ हजार ६४१ वटा कारोबारमा १ अर्ब ८७ करोड २२ लाख २० हजार ४४७ रुपैयाँ बराबरको ४९ लाख ७६ हजार ४८८ कित्ता शेयर कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि २.५६ अंकले घटेर ३ सय ७.०५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज कारोबारमा आएका १२ वटा उसमूहमा रहेका ४ वटा समूहको शेयर मुल्य बढेको छ । बाँकी ८ वटा समूहको शेयर मुल्यमा गिरावट आएको छ । आज व्यापार समूह २१.८४ अंक, होटल्स समूह ८२.४५ अंक, उत्पादन समूह ७४.६४ अंक र म्युचल फण्ड समूह ०.०६ अंकले बढेको छ । उता बैकिङ समूह २०.७५ अंक, विकास बैंक १३.०३ अंक, जलविूत समूह २१.४५ अंक, वित्त समूह ६.२ अंक, निर्जिवन विमा समूह ३१.१८ अंक, अन्य ३.८ अंक, लघुवित्त समूह ७.०२ अंक, जीवन विमा समूह १०९.१२ अंकले गिरावट आएको छ ।
यस दिन हिमालयन डिष्टिलरीको उच्च कारोबार भएको छ, जसको यस दिन १४ करोड २४ लाख ८४ हजार २९९ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एनएमबी बैंकको १३ करोड ९७ लाख ५२ हजार ८३९ रुपैया, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ४२ लाख ९१ हजार ८३२ रुपैयाँ, एनआईसी एशिया बैंकको ११ करोड ४४ लाख २५ हजार ६१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सर्वाधिक कमाउने कम्पनी
आज एनआईसि एशिया लघुवित्तको ९.८८ प्रतिशत, श्रीराम सुगर मिल्सको ९.७८ प्रतिशत, समृद्धि फाइनान्स कम्पनीको ९.२८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
सर्वाधिक गुमाउने कम्पनी
आज हिमाल दोलखा हाइड्रोपावरको ९.८० प्रतिशत, गुराँस लघुवित्तको ९ प्रतिशत, स्पर्श लघुवित्तको ७.५४ प्रतिशतले शेयर मूल्यमा गिरावट आएको छ ।