Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बैंकिङ कसुर मुद्धाका फरार सिलवाल पक्राउ

बैंकिङ कसुर मुद्धाका फरार सिलवाल पक्राउ

दैनिकी न्यूज

५, श्रावण २०७७
बैंकिङ कसुर मुद्धाका फरार सिलवाल पक्राउ
images

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी भक्तपुर बालकोट ठेगाना भएका ५६ वर्षीय मधुसुधन सिलवाललाई भक्तपुर सिद्धपोखरीबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सिद्धार्थ डेभलपमेण्ट बैंकको, बैंकिङ कसुर सम्बन्धी मुद्दामा बैंकका तत्कालीन संचालक समेत रहेका मधुसुधन २०७० असार ४ गते पक्राउ परी अनुसन्धान गरिएकोमा उच्च अदालत पाटनको २०७० साउन ११ गतेको आदेशले ३० लाख धरौटी माग भएकोमा धरौटी रकम तिरी तारेखमा रहेका थिए ।

मधुसुधनले अदालतको म्याद गुजारी बसेको हुँदा २०७३ असोज ४ गतेको उच्च अदालत पाटनको फैसला बमोजिम २ वर्ष कैद र ३० लाख रुपैयाँ धरौटी जफत हुने फैसला भएको थियो ।

यसैगरी सोही बैंकको बैंकिङ कसुर सम्बन्धी अर्को मुद्दामा उच्च अदालत पाटनको २०७३ चैत २४ गतेको फैसला बमोजिम ३ वर्ष कैद र १ करोड जरिवाना फैसला भएकोमा दुबै मुद्दामा दोषी करार भई फरार रहेका थिए ।

निजलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला अदालत भक्तपुर पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ५, २०७७ सोमवार - १८:००:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology