काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.९४ अंकले घटेको छ । आज नेप्से १४.९४ अंकले परिसूचक बढेर १ हजार ४६४.९४ विन्दुमा आएर बन्द भएको छ । तर आइतबार नेप्से परिसूचक ८४ दशमलव २६ अंकले बढेको थियो ।
१८१ ओटा कम्पनीको ३३ हजार ४३३ वटा कारोबारमा २ अर्ब ८० करोड २२ लाख ३३ हजार ७१५ रुपैयाँ बराबरको ७० लाख १ हजार २५८ कित्ता शेयर कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि २.८४ अंकले घटेर ३ सय ९.६० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज कारोबारमा आएका १२ वटा उसमूहमा रहेका ४ वटा समूहको शेयर मुल्य बढेको छ । बाँकी ८ वटा समूहको शेयर मुल्यमा गिरावट आएको छ । आज बैकिङ समूह ३.१४ अंक, विकास बैंक १६.९३ अंक, वित्त समूह १.१५ अंक र म्युचल फण्ड ०.०१ अंकले बढेको छ । उता व्यापार ३७.८५ अंक, होटल ६६.११ अंक, जलविद्युत समूह १२.४५ अंक, निर्जिवन विमा समूह ४१.५५ अंक, उत्पादन समूह १२७.४३ अंक, अन्य २२.०९ अंक, लघुवित्त समूह ८७.३९ अंक र जीवन वीमा समूह १८८.६५ अंकले बढेका छन् ।
यस दिन एनएमबी बैंकको उच्च कारोबार भएको छ, जसको यस दिन २० करोड १४ लाख ९९ हजार ५१६ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ६३ लाख ८२ हजार ७९९ रुपैयाँ, एनआईसी एशिया बैंकको १७ करोड ४८ लाख ७३ हजार ३०५ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ५५ लाख ८१ हजार १९५ रुपैयाँ, नबिल बैंकको १० करोड ४३ लाख ३३ हजार ८३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सर्वाधिक कमाउने कम्पनी
आज युनाइटेड फाइनान्सको ९.९४ प्रतिशत, एनआईसि एशिया लघुवित्तको ९.९० प्रतिशत, स्पर्श लघुवित्तको ९.८० प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ८.८९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
सर्वाधिक कमाउने कम्पनी
आज गुराँस लघुवित्तको ९.९८ प्रतिशत, मञ्जुश्री फाइनान्सको ९.७६ प्रतिशत, शिवम् सिमेन्टको ८.८९ प्रतिशत, फरवार्ड लघुवित्तको ८.६७ प्रतिशत, ग्रामीण विकास बैंकको ७.५५ प्रतिशतले गिरावट आएको छ ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोस्रो सकारात्मक सर्किटसँगै करेक्सन देखिएको छ । ५ प्रतिशतले सूचक बढेर ४० मिनेटका लागि बन्द भएको बजार खुलेसँगै निरन्तर घट्दो क्रममा छ । सोमबार बजार खुला हुनुभन्दा अघि खोलिने प्रि ओपनिङ्ग सेसनमा नै नेप्से ४ प्रतिशतले बढेको थियो ।
शुक्रबार मौद्रिक नीति आएसँगै आईतबार बजारमा उछाल आएर आइतबार ८४ अंकले बढेको सूचक सोमबार ७४ अंकले बढे पनि दोेस्रो सर्किटपछिको खुलेको बजारमा दिउँसो १ बजे १ मिनेट जाँदा १६.९९ अंकले घटेर १४६२.०४ मा झरेको थियो ।
सोमबार बजार खुल्ने वित्तिकै ४ प्रतिशतले नेप्से बढेपछि २० मिनेटको लागि कारोबार रोकिएको थियो । २० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशतले नेप्सेबढेपछि दोस्रो सर्किट लाग्दै ४० मिनेटको लागि कारोबार रोकिएको थियो । त्यसपछि खुलेको बजारमा लगानीकर्ताहरु तत्काल नाफा ‘बुक’ गर्न खोज्दा जसरी बढेको थियो बजार त्यसैगरि घटेको थियो ।
मौद्रिक नीतिले सेयर कर्जालाई खुकुलो बनाउँदै १८० दिनको औषतको सट्टा १२० दिन, सेयर धितो मूल्याङ्कनको सीमा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत, बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरण कडाई, लघुवित्त वित्तीय संस्थामा व्याजको सिलिङ र नयाँ खोल्न रोक, पुँजी कर्जा निक्षेप (सीसीडी) अनुपात ८० प्रतिसतबाट बढाएर ८५ प्रतिशत पु¥याउँदा व्याजदर घट्ने भएपछि आईतबारको बजारमा उछाल आएको थियो ।
तर, यस दिन कारोबार रकममा खासै सुधार आउन सकेको थिएन । आईतबार ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँको सेयर किनबेच भएको थियो ।