काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोस्रो सकारात्मक सर्किटसँगै करेक्सन देखिएको छ । ५ प्रतिशतले सूचक बढेर ४० मिनेटका लागि बन्द भएको बजार खुलेसँगै निरन्तर घट्दो क्रममा छ । सोमबार बजार खुला हुनुभन्दा अघि खोलिने प्रि ओपनिङ्ग सेसनमा नै नेप्से ४ प्रतिशतले बढेको थियो ।
शुक्रबार मौद्रिक नीति आएसँगै आईतबार बजारमा उछाल आएर ८४ अंकले बढेको सूचक सोमबार ७४ अंकले बढेपनि दोेस्रो सर्किटपछिको खुलेको बजारमा दिउँसो १ बजे १ मिनेट जाँदा १६.९९ अंकले घटेर १४६२.०४ मा झरिसकेको छ । यस अवधिकमा १७४ वटा कम्पनीको ३७ लाख ५२ हजार ५०२ कित्ता शेयर किनबेच भई १ अर्ब ५० करोड २४ लाख २ हजार ८३८ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने १६ हजार ९४२ वटा कारोबार भएका छन् ।
आईतबार सेयर बजार खुलेको १ घन्टा १० मिनेटमै बजार ६ प्रतिशतले बढेपछि कारोबार रोकिएको थियो । अत्यधिक दबाबमा बजार बढेपछि लगानीकर्ताहरु तत्काल नाफा ‘बुक’ गर्न खोज्दा जसरी बढेको थियो बजार त्यसैगरि घटेको छ ।
मौद्रिक नीतिले सेयर कर्जालाई खुकुलो बनाउँदै १८० दिनको औषतको सट्टा १२० दिन, सेयर धितो मूल्याङ्कनको सीमा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत, बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरण कडाई, लघुवित्त वित्तीय संस्थामा व्याजको सिलिङ र नयाँ खोल्न रोक, पुँजी कर्जा निक्षेप (सीसीडी) अनुपात ८० प्रतिसतबाट बढाएर ८५ प्रतिशत पु¥याउँदा व्याजदर घट्ने भएपछि आईतबारको बजारमा उछाल आएको थियो ।
तर, यस दिन कारोबार रकममा खासै सुधार आउन सकेको थिएन । आईतबार ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँको सेयर किनबेच भएको थियो ।

सोमबार कारोबारमा आएकार १२ वटा उपसमूह मध्ये ३ वटा उपसमूहको शेयर मूल्य बढेका छन् । बढनेमा होटल्स, विकास बैंक र म्युचल फण्ड रहेका छन् ।

शेयर बजार घटे पनि केही कम्पनीको शेयर मूल्य भने बढेका छन् ।

सर्वाधिक गिरावट आएका कम्पनीहरु

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
आज एनआईसी एशिया, एनएमबी बैंक र नेपाल पुनर्विमा कम्पनीको कारोबार १० करोड भन्दा माथि भएको छ ।
