Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज पनि शेयर बजारमा उछाल, लाग्यो पहिलो सर्किट ब्रेक, २० मिनेटको लागि बन्द

आज पनि शेयर बजारमा उछाल, लाग्यो पहिलो सर्किट ब्रेक, २० मिनेटको लागि बन्द

दैनिकी न्यूज

५, श्रावण २०७७
आज पनि शेयर बजारमा उछाल, लाग्यो पहिलो सर्किट ब्रेक, २० मिनेटको लागि बन्द
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बजार खुलेको १ मिनेटमै नेप्से सूचक ४ प्रतिशत बढेपछि शेयर कारोबार २० मिनेटको लागि स्थगन गरिएको छ ।

बजार खुलेदेखि नै उच्च रुपले बढ्न थालेको नेप्से सूचक १ मिनेटमा नै ४.०८ प्रतिशत अर्थात ६०.३४ अंकले बढेको छ ।

यस अवधिमा नेप्से सूचक ६०.३४ अंकले बढेर नेप्से १५३९.३७ विन्दुमा पुगेको छ भने ६ करोड ३१ हजार २१३ रुपैयाँ बराबरको कारोबार भएको छ । यस अवधिमा १ लाख ३६ हजार ७८ कित्ता शेयरको किनबेच भएको छ भने ६०८ वटा कारोबार भएको छ ।

सोमबार बजार खुला हुनुभन्दा अघि खोलिने प्रि ओपनिङ्ग सेसनमा नै नेप्से ५३ अंकले बढेर १ हजार ५३२ बिन्दुमा पुगेको हो।

4-5 s.PNG

images
प्रकाशित मिति :श्रावण ५, २०७७ सोमवार - ११:१२:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology