Logo

आइतवार, श्रावण २४ गते २०८३

images

विदेशबाट फर्किने सबैको पीसीआर परीक्षण गरेपछि मात्रै घर पठाइने

विदेशबाट फर्किने सबैको पीसीआर परीक्षण गरेपछि मात्रै घर पठाइने

दैनिकी न्यूज

५, श्रावण २०७७
विदेशबाट फर्किने सबैको पीसीआर परीक्षण गरेपछि मात्रै घर पठाइने
images

काठमाडौं । सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गरिने बताए ।

विदेशबाट आएका, कोरोना परीक्षणमा पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा आएका, अत्यावश्यक सेवाकर्मीहरू सबैको चिकित्सकको सल्लाह अनुसार पीसीआर परीक्षण हुनेछ ।

प्रवक्ता गौतमले हवाईमार्ग हुँदै स्वदेश आउनेलाई पाँच दिनसम्म होल्डिङ सेन्टरमा राखेर पीसीआर परीक्षणपछि मात्र घर पठाउने निर्णय भएको जानकारी दिए। स्थलमार्गबाट आउनेको पनि अनिवार्य रूपमा पीसीआर गरिनेछ ।

उनले सिंहदरबारभित्रका सफाइमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्ने निर्णय गरिएको जानकारी दिए । यसैबीच नेपालमा गत २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आजको गोरखापत्र दैनिकबाट

 

images
प्रकाशित मिति :श्रावण ५, २०७७ सोमवार - ०७:४९:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology