Logo

आइतवार, श्रावण २४ गते २०८३

images

४ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत (हेर्नुहोस सूचि)

४ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत (हेर्नुहोस सूचि)

दैनिकी न्यूज

४, श्रावण २०७७
४ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत (हेर्नुहोस सूचि)
images

काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ३ लघुवित्तसहित ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

आज शेयर सूचिकृत गर्नेमा किसान माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स, चौतारी लघुवित्त वित्तीय संस्था र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।

नेप्सेका अनुसार किसानको २ लाख ५ हजार ९ सय ९२.७५ कित्ता, आरम्भको ४२ हजार २ सय ८० कित्ता, चौतारीको १ लाख ३० हजार २ सय कित्ता र अरुण भ्यालीको ६ लाख ५३ हजार १ सय ९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

यो शेयर नेप्सेमा सूचिकृत र डिम्याट खातामा आएसँगै दोस्रो बजारमा लगानीकर्ताहरुले कारोबार गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :श्रावण ४, २०७७ आइतवार - १५:५५:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology