काठमाडौं । शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिले लगानीकर्ताहरु उत्साहित बनेका छन् । बजारखुलेको ६ मिनेटमै पहिलो सक्रिट ब्रेक लागेर २० मिनेटको लागि बजार बन्द भएको थियो । त्यसपछि खुलेको बजारपनि १ मिनेट पनि वित्न नपाउँदै शेयर बजार ५ प्रतिशतले शेयर बजार बढेर दोस्रो पटकको लागि ४० मिनेटको लागि बजार बन्द भएको थियो । त्यसपछि खुलेको बजार ६ प्रतिशतले बढेपछि आजको लागि बजार बन्द भएको छ ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८४ दशमलव २६ अंकले बढेको छ । आज नेप्से ८४.२६ अंकले परिसूचक बढेर १ हजार ४७९.०३ विन्दुमा आएर बन्द भएको छ ।
१११ ओटा कम्पनीको ६६३ कारोबारमा ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँ बराबरको १ लाख ८० हजार ५९६ कित्ता शेयर कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि १७.३९ अंकले बढेर ३ सय १२.४४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज कारोबारमा आएका १० वटा उसमूहमा रहेका ९ वटा समूहको शेयर मुल्य बढेको छ । बाँकी १ वटा समूहको शेयर मुल्यमा गिरावट आएको छ । आज बैकिङ समूह ८८.८७ अंक, विकास बैंक ६३.१३ अंक, जलवद्यूत समूह ३६.३६ प्रतिशत, वित्त समूह ९.०१ अंक, निर्जिवन विमा २०२.४ अंक, उत्पादन १४१ अंक, अन्य ४९.३३ अंक, लघुवित्त समूह ९२.३९ अंक र जीवन विमा समूह ५४८.८८ अंकले बढेको छ । उता म्युचल फण्ड समूह झिनो अंकले घटेको छ ।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ, जसको यस दिन २ करोड ४१ लाख २ हजार ३२० रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै बेष्ट फाइनान्सको संस्थापक शेयर ३६ लाख ८९ हजार ६०० रुपैया, ग्रामीण विकास बैंकको संस्थापक शेयर ३२ लाख १० हजार ४५५ रुपैयाँ, एनएमबि बैंकको २८ लाख ५१ हजार २७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सर्वाधिक कमाउने कम्पनी
आज दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेका छन् । गुराँस लघुवित्त, एनआईसी एशिया बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक शेयर १० प्रतिशतले बढेको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ९.९८ प्रतिशत, एभरेष्ट बैंकको ९.९६ प्रतिशत, हिमालयन डिष्ट्रिलरीको ९.९५ प्रतिशत, ज्योति विकास बैंकको ९.९४ प्रतिशत, एनएमबि बैंकको ९.९५ प्रतिशतले बढेको छ ।
आज कुनै पनि कम्पनीको शेयर मूल्यमा गिरावट आएको छैन ।
मौद्रिक नीतिका कारण सेयर बजारका लगानीकर्ता उत्साहित भएका हुन् । अधिकांश कम्पनीको सेयर भाउ बढेको छ । लगानीकर्ताको मनोविज्ञान निकै सकारात्मक भएको देख्न सकिन्छ । यसअघि आइतबार नै बजार खुलेको ६ मिनेटमा पहिलो सर्किट र २७ मिनेटमा दोस्रो सकारात्मक सर्किट लागेको थियो ।
यो पनि पढ्नुहोस
मौद्रिक नीतिले शेयर लगानीकर्ता उत्साहित, शेयर बजारमा उछाल, लाग्यो दोस्रोसर्किट ब्रेक