काठमाडौँ । काठमाडौँ उपत्यकामा समुदाय स्तरमा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पारेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका धेरै भीड हुने विभिन्न १२ स्थानमा सङ्कलन गरिएको ४ हजार ८ सय जनाको नमुना परीक्षणमा तीन जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताइएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले सङ्क्रमित तीनमध्ये दुई जना विदेशबाट फर्किएका र एक जना ब्युटीपार्लर व्यवसायमा संलग्न व्यक्ति रहेको बताउनुभयो । समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिएको छैन । प्रवक्ता डा। गौतमले अन्य विभिन्न तथ्य र प्रमाणले पनि समुदाय स्तरमा सङ्क्रमण फैलिएको कुरालाई पुष्टि गरेको छ भन्नुभयो ।
उहाँले सार्वजनिक सवारीसाधन तथा कार्यालय खुल्दैमा कोरोना सङ्क्रमणको जोखिम छैन भन्न नमिल्ने उल्लेख गर्दै सङ्क्रमणको जोखिम अझै रहेको र कोरोना महामारीको भन्दा पहिलेको अवस्थामा फर्किन समय लाग्ने बताउनुभयो । उहाँले सम्बन्धित व्यक्तिको सावधानी र होसियारीले आफू र अरूलाई कोरोनाबाट जोगाउन सकिने बताउनुभयो । उहाँले काठमाडौँमा ट्राभल हिस्ट्री नभएकालाई समेत कोरोना देखिएपछि सङ्क्रमण फैलिएको हो या होइन पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका बैङ्क, मालपोत कार्यालय, अस्पताल लगायत भीड हुने विभिन्न स्थानमा स्वाब सङ्कलन गरेको थियो ।
गोरखापत्र दैनिकमा सरोज ढुुङ्गेलले लेखेका छन् ।