Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यसरी भयो अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड

यसरी भयो अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड

दैनिकी न्यूज

२, श्रावण २०७७
यसरी भयो अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड
images

काठमाडौं । अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २५ गते देखि सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता शेयर आज बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा ४ लाख ८४ हजार ४९८ वटा योग्य आवेदनबाट एक करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

त्यसमध्ये गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी २ लाख ११ हजार ४९८ जना अर्थात कुल आबेदकको ४३.६५ प्रतिशतले शेयर पाएनन् ।

क्यापिटलका अनुसार आईपीओमा ५ लाख २ हजार २९८ वटा आवेदन परेकोमध्ये १७ हजार ८०० वटा आवेदन रद्ध भएका छन् ।

कम्पनीले असार २५ गतेदेखि देखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ताको लागि सर्वसाधारणको लागि आवेदन दिएका हुन् ।हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेकोमा आईपिओ निष्काशपछि चुक्ता पुँजी १ अर्ब पुग्ने छ ।

images
प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - १५:५५:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology