Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा पक्राउ

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा पक्राउ

दैनिकी न्यूज

१, श्रावण २०७७
यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा पक्राउ
images

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. १० गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ओखलढुंगा चम्पादेबी गाउँपालिका–४ घर भएका ३० वर्षीय पुष्कर कटुवाल, धनुषा हरीहरपुर गाउँपालिका–७ घर भएका ३० वर्षीय बिमल लामा, धादिङ बेनीघाट रोराङ गाउँपालिका–६ घर भएका २६ वर्षीय बिनोद पुलामी र लमजुङ मर्स्याङदी गाउँपालिका वडा नं. २ घर भएका २६ वर्षीय उज्जवल गुरुङ रहेका छन ।

उक्त कार्यालय क्षेत्रमा यातायात कार्यालय जाने सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भनी सार्वजनिक सडकमै सर्वसाधारण सेवाग्राहीलाई हैरानी दिइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - १७:१९:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology