Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भोलीदेखि निजी विद्यालयमा अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलबी विदा

भोलीदेखि निजी विद्यालयमा अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलबी विदा

दैनिकी न्यूज

३१, आषाढ २०७७
भोलीदेखि निजी विद्यालयमा अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलबी विदा
images

काठमाडौं । निजि विद्यालयहरुको माग पुरा गर्ने तर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय गम्भिर नबनेको आरोप लगाउँदै निजी स्कुल सञ्चालकले भोली (साउन १ गते) देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्।

निजी स्कुल सञ्चालकहरुको दुई छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठक बसेर यस्तो निर्णय गरेका हुन्। साउन १ गतेदेखि नै लागु हुनेगरि उनीहरुले सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई बेतलबी विदा दिने निर्णय पनि गरेका छन्।

उनीहरुले तत्काल पढाई सञ्चालन गर्न नसके पनि साउन १ गतेदेखि विद्यालय खोल्ने र विद्यार्थीको रजिष्ट्रेसन गर्नेलगायतका प्रशासनिक काम गर्न पाउनुपर्ने माग सरकार समक्ष राखेका थिए।

images
प्रकाशित मिति :आषाढ ३१, २०७७ बुधवार - १९:१८:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology