काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ३६१ जनामा पिसीआर परीक्षणमा ११६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५ जना पुगेको छ ।
आज काठमाडौंका २ जनामा संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार सोमबार देशभर २४ हजार ७१६ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ६ हजार ६९५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
आज ३४ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आजसम्म ३८ जनाको मृत्यू भएको छ ।