Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दम्पतिको हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ

दम्पतिको हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ

दैनिकी न्यूज

२९, आषाढ २०७७
दम्पतिको हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका–४ सितापाइलास्थित कान्तिपुर मिलका संचालक मोरङ डाँगीहाट गाविस–८ घर भएका ४५ वर्षीय नातीकाजी सुवेदी र उनकै ४४ वर्षीया श्रीमती सानु सुवेदीको हत्या गरी फरार रहेका सोही मिलमा काम गर्ने सर्लाही पिपरिया गाविस–१ गयरटोल ठेगाना भएका ३४ वर्षीय जेकि भन्ने जय किशोर साहलाई घटनाको १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी उक्त मिलका संचालक नातीकाजी र सानु सुबेदीको २०६३ पुस २० गते हत्या गरी फरार रहेका साहलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बाँके जिल्लाको भारतसँगको सीमा क्षेत्रबाट आइतबार पक्राउ गरेको हो ।

उक्त मिलका संचालकले साहलाई काम बिगारेकोमा गाली गरेको बिषयलाई लिएर त्यसको बदला लिन नातीकाजी, उनकै श्रीमती र छोरालाई धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी फरार भएका थिए । साथै जय शर्माको नामबाट भारतीय आधारकार्ड लगायतका कागजात बनाई पहिचान समेत बदली भारतको लखनऊमा बस्दै आएका साहलाई अन्तर्राष्ट्रियस्तरमा समेत समन्वय गरी पक्राउ गर्न सफल भएको उक्त व्यूरोले जनाएको छ । उक्त घटनामा संलग्न अर्का अभियुक्त प्रताप राना समेतको खोजी भइरहेको उक्त व्यूरोले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरील्े जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २९, २०७७ सोमवार - १७:३२:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology