Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

दैनिकी न्यूज

२९, आषाढ २०७७
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने बिष्णु राना मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नगद ५० हजार ९ सय ७५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २९, २०७७ सोमवार - १६:३९:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology