Logo

आइतवार, श्रावण २४ गते २०८३

images

साधना लघुवित्तको आईपीओ आज बाँडफाँड हुने

साधना लघुवित्तको आईपीओ आज बाँडफाँड हुने

दैनिकी न्यूज

२९, आषाढ २०७७
साधना लघुवित्तको आईपीओ आज बाँडफाँड हुने
images

काठमाडौं । आज साधना लघुवित्तको साधारण सेयर (आइपीओ) बाँड्फाँड हुने भएको छ। आइपीओ आज साँझ ५ बजे बाँडफाँड हुने सेयर निष्काशन तथा बिकी प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।

आईपिओमा ४ लाख ५८ हजार ६ सय ४३ जनाले १ करोड १२ लाख ५९ हजार ८ सय ५० कित्ता लागि आवेदन दिएका छन्, जसमध्ये १० हजार ३१ जनाको आवेदन रद्द भएको छ । कम्पनीको आईपिओ गोलाप्रथाबाट ६६ हजार १ सय ५२ जनाले मात्र पाउनेछन् । बाँकी रहेका ३ लाख ९२ हजार ४ सय ९१ आवेदक हात खाली हुनेछन् ।

लघुवित्तको ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको थियो । कम्पनीले एकसय रुपैयाँ अंकित ७ लाख ७ हजार ८ सयकित्ता आइपीओ निष्काशन गरेको हो । यसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको छ । यस्तै, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला गरेको थियो ।

लघुवित्तको आईपीओ असार २१ गतेदेखि २४ गतेसम्म निष्काशन गरेको थियो । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । हालसम्ममा कम्पनीले ६० ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

images
प्रकाशित मिति :आषाढ २९, २०७७ सोमवार - ११:५१:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology