Logo

सोमवार, श्रावण २५ गते २०८३

images

डेलावालमात्र होइन घरबेटीसमेत आर्थिक समस्यामा परे

डेलावालमात्र होइन घरबेटीसमेत आर्थिक समस्यामा परे

दैनिकी न्यूज

२८, आषाढ २०७७
डेलावालमात्र होइन घरबेटीसमेत आर्थिक समस्यामा परे
images

काठमाडौं । कोरोना महामारीको कारण डेलावालमात्र होइन घरबेटीसमेत आर्थिक समस्यामा परेको पाइएको छ । कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले छ महिनादेखि भाडा नदिँदा जीविका चलाउन समस्या परेको बताइन् ।

उनको तीन तले घरमा विद्यार्थी, मजदुर र निजी क्षेत्रमा कार्यरत भाडामा छन् । ‘लकडाउनअघि भाडा दिन्छौं भन्थे त्यसपछि कोठामा बस्ने गाउँ गए, अहिले न भाडा दिन्छन् न त कोठा खाली नै गर्छन् ।’ काफ्लेले सुनाइन् ।

बागबजारमा महिनाको दुई लाख भाडामा कन्सल्टेन्सी चलाउन दिएका महेश थापाको पीडा पनि उस्तै छ । उनले पनि भाडा नपाएको पाँच महिना भयो । भाडामा लिने प्रकाश तिमल्सिनालाई सम्पर्क गर्दा मोबाइल अफ गरेर बसेको थापा बताउँछन् । कार्यालयको आवश्यक सामान ४÷५ लाखको होला, भाडा भने १० लाख पुग्न लागेको घरबेटी थापाको बुझाइ छ । आजको राजधानी दैनिकबाट

images
प्रकाशित मिति :आषाढ २८, २०७७ आइतवार - ०७:५४:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology