Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक सहित चार पक्राउ

मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक सहित चार पक्राउ

दैनिकी न्यूज

२७, आषाढ २०७७
मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक सहित चार पक्राउ
images

चितवन । कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आज साँझ पक्राउ गरेको हो ।

कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि गरिएको मिर्गौला प्रत्यारोपणका विषयमा प्रमुख कार्यकारी निर्देशक डा। सुप्रभात श्रेष्ठ, डा बालकृष्ण कालाखेती, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र कानूनी सल्लाहकार रमेश काफ्लेलाई सोधपुछका लागि ब्यूरोले नियन्त्रणमा लिएको छ । कलेजको मानव अङ्ग प्रत्यारोपण समितिमा पाँचजना सदस्य रहेका छन् ।

उहाँहरूबाहेक समितिका सदस्य सर्जन डा राकेश बर्मा भने आज फेला नपरेको प्रहरी स्रोतले जनाएको छ । प्रधानका अनुसार एक वर्षअघि काठमाडौँका एक पुरुषको मिर्गौला प्रत्यारोपणको विषयलाई लिएर उहाँहरूलाई अनुसन्धान गर्ने भन्दै नियन्त्रणमा लिइएको हो । प्रत्यारोपण भएका व्यक्ति नेपाली भएको र सरकारका सबै मापदण्ड पूरा गरेर प्रत्यारोपण गरिएको भए पनि के कति कारणले नियन्त्रणमा लिइएको हो भन्ने प्रष्ट नभएको बताउनुभयो । हालसम्म सो मेडिकल कलेजले चार जनाको मृगौला प्रत्यारोपण गरेको जनाएको छ । रासस

images
प्रकाशित मिति :आषाढ २७, २०७७ शनिवार - २२:०८:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology