Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शनिबार ७० कोरोना संक्रमित थपिए, काठमाडौंमा ३, पिसिआर परीक्षण घट्यो

शनिबार ७० कोरोना संक्रमित थपिए, काठमाडौंमा ३, पिसिआर परीक्षण घट्यो

दैनिकी न्यूज

२७, आषाढ २०७७
शनिबार ७० कोरोना संक्रमित थपिए, काठमाडौंमा ३, पिसिआर परीक्षण घट्यो
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ६४८ जनामा पिसीआर परीक्षणमा ७० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

आज काठमाडौंमा ३ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभर २४ हजार ९७ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ८ हजार ४४२ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

आज ४ सय ४२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ८ हजार ४४२ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

आज काठमाडौंका २ र सिन्धुपाल्चोका १ गरी ३ पुरुषको निधन भएको छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०७७ शनिवार - १६:२४:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology