Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोनाको आशङ्का भएपछि १४९ जनालाई खरिपाटी क्वारेन्टिनमा राखियो

कोरोनाको आशङ्का भएपछि १४९ जनालाई खरिपाटी क्वारेन्टिनमा राखियो

दैनिकी न्यूज

२७, आषाढ २०७७
कोरोनाको आशङ्का भएपछि १४९ जनालाई खरिपाटी क्वारेन्टिनमा राखियो
images

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ जनालाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ ।

कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना सङ्क्रमणको आशङ्का भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टिमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन ।

एउटै विमानमा आएका केहीलाई कोरोनाको आशङ्का भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरुलाई भने सिधै क्वारेन्टिन लगिएको हो । क्वारेन्टिनमा लगेर पिसिआर परीक्षणको तयारी गरिएको उनले जानकारी दिइन ।

images
प्रकाशित मिति :आषाढ २७, २०७७ शनिवार - ०९:३३:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology