काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ८०६ जनामा पिसीआर परीक्षणमा ११८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।
आज काठमाडोंमा २७ जना, ललितपुरमा १३ र भक्तपुरमा १ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार सोमबार देशभर २३ हजार ९१० जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ८ हजार ६०३ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
आज १ सय २० जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ८ हजार ११ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।