Logo

सोमवार, श्रावण २५ गते २०८३

images

महालक्ष्मी नगरपालिका ललितपुरको कोरोनाको हटस्पट, आज १२ जना देखिए

महालक्ष्मी नगरपालिका ललितपुरको कोरोनाको हटस्पट, आज १२ जना देखिए

दैनिकी न्यूज

२५, आषाढ २०७७
महालक्ष्मी नगरपालिका ललितपुरको कोरोनाको हटस्पट, आज १२ जना देखिए
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका कोरोना भाइरस (कोभिड–१९) को हटस्पटको रुपमा देखा परेको छ । दिनदिनै महालक्ष्मी नगरपालिको विभिन्न वडा कोरोना संक्रमित बढीरहेको छ । कोरोना बढेसँगै स्थानीयमा त्रास छाएको छ ।

मंगलबारसम्म ८ जना कोरोना संक्रमित भेटिएकोमा बुधबार २ जना कोरोना संक्रमित देखा परेको थियो । तर आज बिहीबार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार आज नगरपालिकाको लुभु, टीकाथली, इमाडोल, सिद्धिपुर लगायतका स्थानमा १२ जना कोरोना संक्रमित भेटिएको छ ।

योसँगै महालक्ष्म नगरपालिकामा कोरोना संक्रमितको संख्या २२ पुगेका छन् । २२ मध्ये टीकाथलीका ५० वर्षिय पुरुषको निधन भएको छ ।

आज ललितपुरमा १४ जना कोरोना संक्रमित भेटिएका छन् । ललितपुर महानगरपालिकामा २ जना र महलक्ष्मी नगरपालिकामा १२ जना भेटिएका छन् ।

महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमित बढेपछि बुधबार नगरपालिकाले एकसूचना प्रकाशित गर्दै वडा नं. ७, ८ र ९ सञ्चालित अत्यावश्यक सेवाका बाहेक अन्य व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

1.jpg

images
प्रकाशित मिति :आषाढ २५, २०७७ बिहिवार - २०:२८:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology