Logo

सोमवार, श्रावण २५ गते २०८३

images

स्कुटर र नगद सहित चोरीमा संलग्न एक जना प्रहरीको नियन्त्रणमा

स्कुटर र नगद सहित चोरीमा संलग्न एक जना प्रहरीको नियन्त्रणमा

दैनिकी न्यूज

२५, आषाढ २०७७
स्कुटर र नगद सहित चोरीमा संलग्न एक जना प्रहरीको नियन्त्रणमा
images

धादिङ । स्कुटर र नगद सहित चोरीमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज धादिङको गल्छी गाउपालिका वडा नं. ७ गल्छी चोक स्थित पृथ्वी लोकमार्ग सकड खण्डमा चेकचाँज गर्ने क्रममा नुवाकोट विदुर नगरपालिका वडा नं. ६ त्रिशुली भैरमकोटका १४ वर्षका बालकलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौंबाट गल्छी तर्फ आउँदै गरेको बागमती ०२–०१७ क २२०४ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी विश्व खड्काले जानकारी दिए । उनले भने, ‘ती बालकलाई सोधपुछ गर्दा असार २१ गते दिउसो बुढानिलकण्ठ स्थित गणेश ईन्टरप्राईजेज पसल रहेको घर कोठाबाट कालो झोलामा रहेको नगद रकम चोरी गरेको स्विकार गरेका छन् ।’ चोरीको रकम मध्येबाट काठमाडौं चक्रपथ स्थित यामाहा सोरुमबाट उक्त स्कुटर खरिद गरेको उनले बताए ।

शरीर तलासी गर्दा नगद ३ लाख ७ हजार ५०० रुपैयाँसमेत बरामत डिएसपी खड्काले जानकारी दिए । । उनले भने, ‘फेला परेकोले स्कुटर तथा नगद सहित चोरी कार्यमा संलग्न १४ वर्षिय बालकलाई आबश्यक अनुसन्धान गर्नको लागि महानगरीय प्रहरी बृत महाराजगञ्ज पठाईएको छ ।’

images
प्रकाशित मिति :आषाढ २५, २०७७ बिहिवार - १८:०२:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology