काठमाडौं । बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ४.५७ अंकले बढेर १ हजार ३३१.१० विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ०.४७ अंकले बढेर २ सय ८०.४१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
कुल १७८ वटा कम्पनीको २२ लाख २६ हजार २०३ कित्ता शेयर किनवेच भई ९० करोड ८० लाख ८६ हजार १९७ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १४ हजार ६६३ वटा कारोबार भएका छन् ।
यस दिन कारोबारमा आएका बैंकिङ र व्यापार समूह बाहेक बाँकी सबै समूहको शेयर मूल्य बढेको छ । आज जीवन वीमा समूह सर्वाधिक ६८.३३ अंक, निर्जीवन विमा समूह ३९.५१ अंकले बढेको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल पुर्नविमा कम्पनीको धेरै कारोबार भएको छ । जसको १५ करोड १८ लाख ४५ हजार ८३० रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ४८ लाख १ हजार २७३ रुपैयाँ, छिमेक लघुवित्तको ६ करोड ४१ लाख ६३ हजार ७७७ रुपैयाँ बराबरको कारोबार भएका छन् ।

सर्वाधिक कमाउने कम्पनी
यस दिन सूर्योदय लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया लघुवित्त र वोमी माइक्रोफाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सर्वाधिक गुमाउने कम्पनी
आज ग्लोबल आईएमई समुन्नत स्किम–१ को ३.८५ प्रतिशतले शेयर मुल्यमा गिरावट आएको छ । त्यस्तै नेशनल नेशनल हाइड्रोपावरको ३.७०, रिडि हाइड्रोपावरको ३.४९ प्रतिशतले गिरावट आएको छ ।
