Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

दैनिकी न्यूज

२५, आषाढ २०७७
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
images

ओखलढुङ्गा । ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा३ख ९६ नंको ट्रक दुर्घटना हुँदा ट्रकका चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए । ट्रक सडकबाट करिब १०० मिटर तल खसेको छ । रासस

images
प्रकाशित मिति :आषाढ २५, २०७७ बिहिवार - १०:३२:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology