Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आजदेखि अजोड इन्स्योरेन्सको आईपीओ निष्काशन

आजदेखि अजोड इन्स्योरेन्सको आईपीओ निष्काशन

दैनिकी न्यूज

२५, आषाढ २०७७
आजदेखि अजोड इन्स्योरेन्सको आईपीओ निष्काशन
images

काठमाडौं । आजदेखि अजोड इन्स्योरेन्सले आईपीओ निष्काशन भएको छ । कम्पनीले ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको छ ।

सर्वसाधारणका लागि छुट्याईएको कुल ३० कित्ता आईपीओमध्ये कम्पनीले १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गर्न लागेको हो ।

यो आईपीओमा छिटोमा असार २९ र ढिलोमा साउन ८ गतेसम्म विक्रीमा रहनेछ । भने खरीद गर्न चाहनेले न्यूनतम १० कित्तादेखि अधितम १० हजार कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

विक्री प्रबन्धकसँगै कम्पनीको केन्द्रिय कार्यालय सुन्धारा र धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयर मार्फत घरमै बसेर पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ७ गते स्वीकृति पाएको थियो ।

अजोड इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

हाल रू. ७० करोड चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ निष्कासन पश्चात रू। १ अर्ब चुक्तापूँजी कायम हुनेछ ।

images
प्रकाशित मिति :आषाढ २५, २०७७ बिहिवार - ०६:३५:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology