Logo

आइतवार, श्रावण २४ गते २०८३

images

एनआईसी एशिया लघुवित्तको आइपिओ नेप्सेमा सूचिकृत, कति हो ओपिनिङ रेन्ज ?

एनआईसी एशिया लघुवित्तको आइपिओ नेप्सेमा सूचिकृत, कति हो ओपिनिङ रेन्ज ?

दैनिकी न्यूज

२४, आषाढ २०७७
एनआईसी एशिया लघुवित्तको आइपिओ नेप्सेमा सूचिकृत, कति हो ओपिनिङ रेन्ज ?
images

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ । स्टकका अनुसार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको १ करोड ४८ लाख कित्ता साधारण शेयर (आइपिओ) मा सूचिकृत भएको हो । स्टकले बुधबार एक सुचना जारी गर्दै सूचिकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट कारोबार शुरू हुने जनाएको छ ।

लघुवित्तले असार १० गतेदेखि सर्वसाधारणमा ४६ लाख कित्ता शेयर बिक्री गरेको थियो। शेयर बिक्री गरेको दुइ साता पछि लघुवित्तको शेयर सूचीकृत भएको हो। नेप्सेले लघुवित्तको शेयर कारोबारको लागि एनआईसीबिएसएल कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि ११०.४३ रुपैयाँदेखि ३३१.२९ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ। यही रेञ्जमा आधारित रहेर बिहीबार कम्पनीको शेयर कारोबार खुल्नेछ।

images
प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - १४:२२:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology