काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार ५० लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । मंगलबार एभरेष्ट बैंक सहित ४ कम्पनीको गरि कुल ५० लाख २४ हजार ५ सय २३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
मंगलबार एभरेष्ट बैंकको ५ प्रतिशतले हुन् आउने ४० लाख ३३ हजार ४ सय ३१ दशमलव ६७ कित्ता बोनस शेयर, स्वदेशी लघुवित्तको २० प्रतिशतले हुन् आउने ४ लाख ६० हजार हजार कित्ता बोनस शेयर, उन्नति लघुवित्तको ३८.६ प्रतिशतले हुन् आउने ३ लाख ४० हजार ७ सय ४१ दशमलव ७४१ कित्ता बोनस शेयर र श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको २।३५ प्रतिशतले हुन् आउने १ लाख ९० हजर ३ सय ५० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा शेयर आएपछि लगानीकर्ताले यी शेयरहरु दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।