बारा । जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ५ बकुलिया र आमाडारको दुधौरा खोलास्थितबाट अवैध लागूऔषध गाँजा ७ केजी ५०० ग्रामसहित सोही उपमहानगरपालिका–८ लोसण्डा बस्ने २८ वर्षीय पचु पासवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । जिल्ला अदालत बाराबाट ५ दिनको म्याद प गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।
त्यस्तै जितपुरसिमरा–१४ दुधौरा पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्राम सहित सोही उपमहानगरपालिका–८ गम्हरगावा टोल बस्ने ६० वर्षीय बासदेव महतोलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषध गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । महतो उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।