Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

दैनिकी न्यूज

२२, आषाढ २०७७
बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ
images

काठमाडौँ । कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा करोडौँ रकम रकमान्तर गरी बैंकलाई हानीनोक्सानी पु¥याउने कार्यमा संलग्न रही फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने ३६ वर्षीय सौजन तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गएराति ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको हो । उनीविरुद्ध सङ्गठित अपराधसमेतको कसुरमा अनुसन्धान थालिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

तामाङलगायतको समूहले गत असोज ७ गते कृषि विकास बैंक शाखा कार्यालय न्युरोडमा अनधिकृतरुपमा सुनिता श्रेष्ठको खातामा रु ४९ लाख ५० हजार रकमान्तर गरी त्यसबाट रु नौ लाख ५० हजार भुक्तानी लिन सफल भएको थियो । यस्तै श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न रु २० लाखको चेक पेश गरेको अवस्थामा शङ्का लागि सिस्टम परीक्षण गर्दा उक्त कैफियत फेला परेको थियो ।

आरोपी सुनिता श्रेष्ठसमेतका व्यक्तिको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा आपराधिक व्यक्तिले बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी कूल रु चार करोड ८८ लाख ४६ हजार रकमान्तर गरी भुक्तानी लिएको भन्ने सूचना प्राप्त भएपछि महाशाखाले अनुसन्धान थालेको थियो ।

महाशाखाले सोही दिन श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशङ्कर पञ्जालाई पक्राउ गरी सङ्गठित अपराध कसुरमा अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइको थियो । तर तामाङ भने फरार हुँदै आएका थिए । रासस

images
प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - ०६:५७:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology