ललितपुर । पशुपति अन्नपुर्ण आश्रमका सञ्चालक जगदीश वैद्यलाई जबरजस्ती करणीको आरोपमा ललितपुर प्रहरीले आज पक्राउ गरेको छ ।
प्राध्यापक समेत रहेका वैद्यलाई जबर्जस्ती करणीको आरोपमा महानगरीय प्रहरी वृत्त कालीमाटीमा उजुरी परेको थियो ।
वैद्यको मुद्धा कालीमाटी वृत्तमा रहेकोले उनलाई वृत्तमा बुझाउने तयारी भैरहेको परिसरका प्रवक्ता एसपी तुल बहादुर कार्कीले जानकारी दिए ।
नक्कली समाजसेवी राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव छ भनी ठगी गर्ने गरेको उनी माथी आरोप छ । यो भन्दा अगाडि पनि उनी यस्तै र लागुऔषधको विवादमा मुछिएका थिए ।
उनी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समाजसेवीका रुपमा चिनिदै आएका छन् ।