Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शेयर बजार करिब १० अंकले बढ्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

शेयर बजार करिब १० अंकले बढ्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

दैनिकी न्यूज

२१, आषाढ २०७७
शेयर बजार करिब १० अंकले बढ्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
images

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ९.३५ अंकले बढेर १ हजार २६५.४५ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ०.५५ अंकले बढेर २ सय ६९.५८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

कुल १७२ वटा कम्पनीको २८ लाख ६ हजार ८९८ कित्ता शेयर किनवेच भई १ अर्ब ३ करोड ३३ लाख ९० हजार २३१ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २० हजार ४ सय ७४ वटा कारोबार भएका छन् ।

यस दिन कारोबारमा आएका ७ वटा उपसमूह बाहेक सबै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैकिङ समूह ३.३५, होटल्स ७.१८, निर्जीवन बीमा २७.३, उत्पादन २०.९८, अन्य १९.८३, लघुवित्त ९.८३, जीवनमा विमा समूह २१२.५६ अंकले बढेको छ । उता व्यापार ७५.२३, विकास बैंक ११.११, जलविद्युत २.८५, वित्त ६.२७ र म्युचल फण्ड ०.१७ अंकले घटेका छन् ।

धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल पुर्नविमा कम्पनीको धेरै कारोबार भएको छ । जसको १५ करोड १२ लाख ४१ हजार ९८७ रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको १० करोड २६ लाख ५८ हजार ७३८ रुपैयाँ, नबिल बैंकको ४ करोड २४ लाख १३ हजार ४८२ रुपैयाँ, एनएमबि बैंकको ४ करोड ११ लाख ६४ हजार ९७३ रुपैया, हिमालयन डिष्ट्रिलरीको ४ करोड ६ लाख ६१ हजार ३३६ रुपैयाँ बराबरको कारोबार भएका छन् ।

सर्वाधिक कमाउने कम्पनी
आज सुर्योदय लघुवित्तको सर्वाधिक ९.८६ प्रतिशतले शेयर मुल्य बढेको छ । त्यस्तै जनउत्थान लघुवित्तको ९ प्रतिशत, सिनर्जी पावर डेभलपमेन्टको ८.१६ प्रतिशत, स्पर्श लघुवित्तको ७.६२ प्रतिशत, नेशनल हाइड्रोपावर कम्पनीको ६.१२ प्रतिशत, घोडीघोडा लघुवित्तको ५.८६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सर्वाधिक गुमाउने कम्पनी
आज साल्ट टे«डिङ कर्पोरेशनको र सेन्ट्रल फाइनान्सको शेयर मुल्यमा सर्वाधिक गिरावट आएको छ, जसको शेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै अपि पावर कम्पनीको ८.५५ प्रतिशत, नेशनल माइक्रोफाइनान्सको ७.५९ प्रतिशत, जोशी हाइड्रोपावरको ७.२७ प्रतिशतले शेयर मुल्यमा गिरावट आएको छ ।

 

images
प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - १५:५०:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology