Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बाढी, पहिरो र डुबानः काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा

बाढी, पहिरो र डुबानः काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा

दैनिकी न्यूज

२१, आषाढ २०७७
बाढी, पहिरो र डुबानः काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा
images

काठमाडौं । बाढी, पहिरो र डुबानका कारण काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा रहेको देखिएको छ ।


गृह मन्त्रालयले तयार गरेको तथ्याकंअनुसार काठमाडौंका ७४, ललितपुरका ४८ र भक्तपुरका ४३ स्थान बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको देखिएको हो ।


काठमाडौंमा मात्रै ३३ स्थानमा डुबान, ९ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण संरचना भत्किन सक्ने भनिएको छ ।


यसैगरी, ललितपुरमा ३९ स्थानमा बाढी र ९ स्थानमा पहिरोको उच्च जोखिम रहेको तथा भक्तपुरमा २२ स्थानमा डुबान, ८ स्थानमा बाढी र १३ स्थानमा पहिरो जान सक्ने सम्भावना रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - ०७:४३:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology